विराटनगर, २२ पौष । 

चिसोको मौसम बढ्दै गएपछि एकिकृत हातेमालो समाज नेपालले मोरङको बेलबारी नगरपालिका वडा नं. ७ का दुई वटा विद्यालयका करिब ४ सय बालबालिकाहरुलाई ज्याकेट उपलब्ध गराएको छ ।

बेलबारी नगरपालिका वडा नं. ७ स्थित जेष्ठ नागरिक दिवा सेवा केन्द्रमा आयोजित एक कार्यक्रम बीच महिला तथा बालबालिका मन्त्री सुरेन्द्र राज आचार्यले जाडोबाट प्रभावित बालबालिकाहरुलाई ज्याकेट वितरण गरे । यसैगरी सो कार्यक्रममा करिब १ सय जना जेष्ठ नागरिकहरुलाई कम्बल र १५ जना विपन्न परिवारहरुलाई सिरक डसना वितरण गरिएको थियो ।

nyano kapada bitaran (4)

nyano kapada bitaran (7)

सो कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै एकिकृत हातेमालो समाज नेपालका अध्यक्ष डिल्लीराम गिरीले समाजसेवालाई जीवन पद्धति बनाउन सके गरिब र निमुखा परिवारहरुलाई सहयोग गर्न सहज हुने बताए ।

nyano kapada bitaran (2)

विगत १० वर्षदेखि संचालन भईरहेको जेष्ठ नागरिक दिवा सेवा केन्द्रमा दैनिक ६० / ७० जना जेष्ठ नागरिकहरुले वाद्यवादन, गफगाफ र अन्य सामाजिक कार्यहरु गरेर जीवन व्यतित गर्ने गरेका छन् ।

nyano kapada bitaran (3)

सोही कार्यक्रममा महिला तथा बालबालिका मन्त्री सुरेन्द्र राज आचार्यले दिवा सेवा केन्द्र हातामा निर्माण गरिएको सभा हलको उद्घाटन गरेका थिए ।