बेलबारी ।  निरज खवास। 

राष्ट्रिय स्वतन्त्र पार्टी बेलबारी ले बिहिबार बेलबारी नगरपालिका लाई ध्यानाकर्षण पत्र बुझाएको छ।  बिहिबार नगर प्रमुख दिल प्रसाद राई लाई  कार्यकक्षमै पत्र बुझाएका छ।  बेलबारी नगरपालिकाद्वारा संचालित बेलबारी नगर अस्पतालमा प्रयोगशाला मेशिन बिग्रिएर सेवा ग्राहीहरुलाई निजि क्लिनिकमा जान बाध्य बनाएको छ। नगर अस्पतालमा बिरामीको कुनै पनि रोगको पहिचानको लागि अत्यावश्यक पर्ने CBC (Complete Blood Count) जस्तो महत्वपूर्ण मेशिन महिनौं देखि नचल्ने अवस्थामा रहेको र नगर अस्पतालमा सेवा लिने बिरामीहरुलाई CBC परीक्षण गर्नु परे नगर अस्पतालले बेलबारीका निजि क्लिनिकहरुमा पठाउने गरेको  अवस्था राष्ट्रिय स्वतन्त्र पार्टी बेलबारीले  ध्यानाकर्षण गर्दै नगर प्रमुख दिलप्रसाद राई लाई ध्यानाकर्षण बुझाएको छ।  

उक्त ध्यानाकर्षण पत्रमा  CBC Test का लागि निजि क्लिनिकहरुले सर्बसाधारण बिरामीहरुबाट रु ५००।– लिने गरेको उल्लेख गरेको छ  । नगरमा सुगर प्रेसरका बिरामीले खाने सामान्य भन्दा सामान्य औषधी पनि नपाइने गुनासो सुनिने गरेको छ । यो दुरावस्थाको मौखिक जानकारी नगर स्वास्थ्य शाखालाई १ हप्ता पहिले नै गराइ सकिएको ,नगर अस्पताल प्रशासनसँग यसबारे बुझ्दा सो मेसिन खरिद गरेको समय देखि नै बिग्रिने गरेको र पटक पटक बनाउँदा पनि बिग्रेकाले हाल सो सेवा बन्द रहेको सार्वजनिक सूचना टाँस गरिएको सभापति कुमार खुलालले जानकारी दिएका छन्।  

ghanti 1

राष्ट्रिय स्वतन्त्र पार्टी बेलबारीले  नगर प्रमुख लाई  नयाँ हुँदा हुँदै सो मेशिन बिग्रिनुको कारण के हो? मेशिन बिग्रेको हो भने पनि तुरुन्त मर्मत गरेर चालु किन नगरेको ? मेशिनले काम गरेन भने किन नयाँ मेशिन खरिद नगरेको ? बेलबारीबाट सुनसरी सरेको कोशी प्रदेश  प्रहरीको प्रदेश अस्पताल पून: बेलबारीमै स्थापित गराउन करोडौं मुल्यको बेलबारी नगरको जग्गा प्रहरी सँगठनलाई दिने निर्णय गर्दै गर्दा आफ्ने स्वामित्वमा रहेको नगर अस्पतालमा एउटा सामान्य क्लिनिकमा समेत उपलब्ध हुने CBC Test को सेवा उपलब्ध नहुनु लज्जाको विषय हैन र ? यसको ब्यवस्थापन र सञ्चालनको जिम्मेवारी स्थानीय सरकारको हैन ? भन्दै प्रश्न गरेको छ।  

एक हप्ता भित्र CBC मेशिनबाट हुने परीक्षण सुचारु होस  सो नगरिए रास्ट्रीय स्वतन्त्र पार्टी एक  हप्ता पछि देखि नगरपालिका अगाडि चरणबद्ध शान्तिपूर्ण बिरोधको कार्यक्रम घोषणा गर्न बाध्य हुनेछ सभापति खुलालले जनाएका छन्  ।