सुनसरीबाट स्रोत नखुलेको २२ लाख रुपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको २१ लाख ५७ हजार रुपैयाँसहित भोक्राहानरसिंह गाउँपालिका–६ बाट २७ वर्षीय वीरेन्द्रकुमार राउतलाई बोर्डर आउट पोस्ट लौकहीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

मोटरमाइकलमा सवार राउतलाई शंका लागेर जाँच गर्दा रकम फेला परेको हो । सोधखोज गर्दा उनले रकमको स्रोत खुलाउन सकेका थिएनन् । रकमसहित राउतलाई अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको छ ।