आफ्नो  संस्कृत, भाषा, धर्म र लिपिकोे जगेर्ना गर्नको लागि गुरुङ समुदायले विभिन्न कार्यक्रम गरेर तमु ल्हेसार पर्व मनाएका छन् ।

आइतवार विराटनगरमा तमु ह्यलु छोजी धी गुरुङ राष्ट्रिय परिषद विराटनगर नगर इकाई समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बुढीगंगा गाँउपालिकाकाल अध्यक्ष जित नारायण थापा मगरले अन्य समुदायले जस्तै गुरुङ समुदयले पनि नयाँ बर्षको रुपमा तमु ल्होसार मनाउदै आएको बताए 

अध्यक्ष मगरले आफ्नो भाषा र संस्कृति बचाइ राख्न र नयाँ पुस्तालाई जानकारी गनराउनको लागि पनि यस समुदायले बर्षमा एक पटक भए पनि तमु ल्होसार पर्व मनाउनु पर्नेे बताएका छन् । उनले नेपालमा जनसंख्या हुदा हुदै पनि यी जातीहरु लोपहुदै गएकोमा गुनासो गरे । उनले सवै समुदाय एकै थलोमा भेला भएर यो पर्व मनाउनु पर्ने बताए । 

तमु ल्होसारको अवसर पारेर गुरुङ समुदायले नृत्य भेला लगायतका विभिन्न कार्यक्रमहरु गरेर मनाएका छन् । हरेक बर्ष गुरुङ समुदायले पुरानो बर्षलाई विदा गरेर पौष १५ मा तमुल्होसार मनाउदै आएका छन् । सो कार्यक्रममा गुरुङ राष्ट्रिय परिषद प्रदेश सदस्य अमृत गुरुङ, जिल्ला सदस्य जंग घले विभिन्न संघसंगठनका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।