बिराटनगर १४‌ पौष ।

 प्रहरी समायोजन प्रक्रिया टुंगोमा लगाउनु नपर्ने माग राख्दै  ६ प्रदेशका मुख्यमन्त्रीहरु प्रधानमन्त्री निवास वालुवाटार पुगेका छन।

मुख्यमन्त्रीहरुको सामुहिक रुपमा पुगेर कुरा राखे पछि प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा ६ वटा प्रदेशका मुख्यमन्त्रीहरूलाई आज नै सर्वदलीय बैठक बसेर प्रहरी समायोजन प्रक्रिया टुंग्याउने आश्वासनदिएका छन् ।  

अन्तर प्रदेश मुख्यमन्त्रीहरूको हेटौडामा शुक्रबार सम्पन्न बैठकपछि प्रदेशलाई अधिकार सम्पन्नबनाएर संविधानको पूर्ण कार्यान्वयनका लागि प्रधानमन्त्री दाहाललाई उनीहरूले शनिबार ध्यानाकर्षण पत्र बुझाएका हुन् ।   उनले मुख्यमन्त्रीहरूलाई तत्काल सर्वदलीय बैठकले प्रहरी समायोजन प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

निजामती ऐन निर्माण प्रक्रिया अघि बढाउने र प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाएर संविधान पूर्ण कार्यान्वयन गर्ने विषयमा प्रधानमन्त्री दाहालले प्रतिबद्धता जनाएको कोशीका मुख्यमन्त्री केदार कार्कीले जानकारी दिए ।