झापा, १४ पुस
नेपाल प्रहरीले प्रतिबन्धित लागू औषध र ओसारपसारमा गर्न प्रयोग भएको एक मोटरसाइकलसहित २ जनालाई पक्राउ गरेको छ ।
गत राति झापाको मेचीनगर नगरपालिका–१३ चारआली चोक स्थित पूर्व पश्चिम राजमार्गमा चारआलीबाट खटिएको प्रहरी टोलीले पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे ५ प ३६४८ नं को मोटरसाइकल चालक जिल्ला झापा अर्जुनधारा नगरपालिका वडा नं.११ बस्ने वर्ष अन्दाजी २९ का मनिस मोक्तान र सोही मोटरसाइकल पछाडि सवार ३७ वर्षीय रीग बहादुर दर्जीलाई पक्राउ गरेको हो ।
चेकजाँचको क्रममा उनीहरूको साथबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगर १०० ग्राम १५० मिलिग्राम फेला परेकोले मोटरसाइकल सहित नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।