बिराटनगर, पुस १२ गते ।

झापा, मोरङ, उदयपुर र पाँचथर जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट बुधवार, बिभिन्न मुद्धाका ५ जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । फरार प्रतिवादी पक्राउ अभियान अन्तरगत ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले ज्यान मार्ने उद्योग मुद्धामा सम्मानित झापा जिल्ला अदालतको मिति २०८०।०३।०६ गतेको फैसलाले ३ वर्ष कैद र ३० हजार रुपैया जरिवाना तोकीएका दमक-३ का २९ बर्षीय शम्भु लिम्बुलाई खोजतलास गर्ने क्रममा गाउँघरबाटै पक्राउ गरेको हो । त्यसैगरी घरमा आगो लगाएको मुद्धामा सम्मानित मोरङ जिल्ला अदालत बिराटनगरको २०७९।०९।२८ गतेको फैसला आदेशले ६ महिना कैद भई फरार रहेका लेटाङ ३ का ३० बर्षीय सुमन राईलाई ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । त्यस्तै गाली बेईजती मुद्धामा सम्मानित उदयपुर जिल्ला अदालतको मिति २०७७।०९।२० गतेको फैसलाले ५५ हजार जरिवाना तोकिएका बेलका-५ का ६२ बर्षीय डम्बर बहादुर कट्वाल र ५२ बर्षीय तिलक बहादुर कट्वाललाई प्रहरी चौकी लालबजारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । यसैगरी डाँका मुद्धामा सम्मानित पाँचथर जिल्ला अदालत पाँचथर फिदिमको मिति २०७८।०४।३२ गतेको फैसलाले कैद ६ बर्ष र १२ हजार ५ सय १० जरिवाना भएका फक्तालुङ गाउँपालिका-६ ताप्लेजुङका २९ बर्षीय राजु ताप्मादेन लिम्बु भन्ने दिव्य लिम्बुलाई खोजतलास गर्ने क्रममा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुलाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि सम्बन्धित अदालतहरुमा उपस्थित गराईएको छ ।