बेलबारी । ८ बर्ष पछि बेतना सिमसार सामुदायिक वन उपभोक्ता समूहको साधारण सभा हुने भएको छ। पछिलो समय बेतना सिमसार पार्यटकका लागि उत्कृस्ट गन्तब्य बनेको छ।
बेलबारी वडा ४ पूर्व पक्षिम लोक मार्गमा अवस्थित बेतना सिमसार रहेको छ ।पछिलो समय १ महिना देखि साधारण सभा न भए पछि संघर्ष समिति चयन गरि प्रसासनिक कोठामा ताला लागेको छ।
आज बसेको बेलबारी नगरपालिका का नगर प्रमुख दिल प्रसाद राईको अध्यक्षता बसेको सर्बदलिय बैठक बाट पौष १८ गते साधारण सभा गर्ने मिति तोकिएको छ।
पौष ७ र ९ गते बेलबारी नगरपालिकामा बसेको गर प्रमुख दिल प्रसाद राईको अध्यक्षता तथा मोरङ क्षेत्र न.३ (१) र (२) प्रदेश सभा सदस्य माननीय मान बहादुर लिम्बु र माननीय ज्ञानेन्द्र सुबेदी तथा विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, बेतना सिमसार सामुदायिक वन उपभोक्ता समुह (आयोजक समिति), बेतना सिमसार सामुदायिक वन उपभोक्ता समुह(निर्वाचन समिति), बेतना सिमसार सामुदायिक वन उपभोक्ता समुह(संघर्स समिति), सहित अन्य सरोकार निकायका प्रतिनिधि सहित बसेको बैठकमा बेतना सिमसार सामुदायिक वन उपभोक्ता समुह(संघर्स समिति) संग सहमति हुन न सकेपछि बेतना सिमसार सामुदायिक वन उपभोक्ता समुहको निकासका निम्ति पौष १८ गते निर्धारित समय अनुसार साधारणसभा सम्पन्न गर्ने निर्णय गरेको छ।
निर्णय अनुसार साधारण सभाका कार्यक्रमहरु मतदाता नामावली प्रकाशन पौष १२ गते १२ बजे सम्म ,मतदाता नामावली सच्याउने तथा दावि विरोध पौष १२ गते ४ बजे सम्म ,अन्तिम मतदाता नामावली प्रकाशन पौष १२ गते ५ बजे ,उम्मेदारको मनोनयन दर्ता पौष १३ गते १० बजे देखि ४ बजे सम्म ,उम्मेदवारको नामावली प्रकाशन पौष १३ गते ५ बजे ,उम्मेदवारको दावि विरोध पौष १४ गते ४ बजे सम्म ,उम्मेदवारको नामावली प्रकाशन पौष १४ गते ४ बजे ,उम्मेदवारी फिर्ता पौष १५ गते ४ बजे सम्म ,उम्मेदवारको अन्तिम नामावली प्रकाशन पौष १५ गते बेलुका ७ बजे ,नमुना मतपत्रको प्रकाशन पौष १६ गते १२ बजे ,मतदान कार्यक्रम पौष १८ गते देउसो २ बजे देखि बेलुका ५ बजे सम्म ,मतगणना पौष १८ मतदान पश्चात हुने निर्णय गरेको छ।
साधारण सभा बेलबारी वडा न १ मा अवस्थित तमो बुद्ध गुम्बा तथा मतदान बेलबारी वडा न ३ मा अवस्थित सब डिभिजन बन कार्यालय बेलबारीमा हुने तय गरिएको छ।