बेलबारी । बेलबारी नगरपालिका वडा न २ मा रहेको श्री कबिर माध्यमिक बिद्यालय ले आइतबार आफ्नो ३६ औ बार्षिक उत्सब तथा अभिभावक दिवस मनाएको छ। विद्यालयका व्यवस्थापन समितिमा अध्यक्ष कृष्ण कुमार लिम्बुको सभाध्यक्ष तथा बेलबारी नगरपालिकाका नगर प्रमुख दिल प्रसाद राईको प्रमुख अथितीमा कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा विद्यालयका शिक्षक अभिभाबक संघका अध्यक्ष होमप्रसाद पिठाकोटीमगरले विद्यालयको सामाजिक परिक्षण प्रतिबेदन प्रस्तुत गरेका थिए भने विद्यालयका प्राधानाध्यापक इन्द्र बहादुर थापाले विद्यालयको प्रतिबेदन प्रस्तुत गरेका थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि राईले ठुलो मान्छे डाक्टर इन्जिंनीयर नेता मात्र हुदैन तपाईहरुले इमान्दार पुर्बक आफ्नो शिप, ज्ञान, कौसलता ,समाज र राष्ट्रका निम्ति प्रयोग गर्नुहोस देश बनाउने नागरिक बन्नुस अनि मात्र तपाईहरुको भबिष्य उज्वल हुन्छ भन्ने बिध्यार्थिहरुलाई धाराणा राखेका थिए।बार्षिक उत्सब कार्यक्रममा बिद्यालय सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुले निवृत शिक्षकहरुलाई सम्मान तथा बिदाई गरेका थिए ।
त्यस्तै २०७९ मा बिद्यालय प्रथम हुने दिवस रिजाल दोस्रो हुने निरुसा कार्की तेस्रो हुने दिनेश श्रेष्ठ लाई पुरस्कार वितरण गरेको थियो भने अक्ष्यकोशदाताहरुले सात हजार बाराबारको छात्रवृति रकमको पुरस्कार वितरण गरेको थियो।
कार्यक्रममा बिद्यार्थीहरु तथा शिक्षक शिक्षिकाहरुले आफ्नो नृत्य तथा गायन परस्तुत गरेका थिए।
बेलबारी नगरपालिकामा १९ वर्षको लामो अवधि शारिरिक अपाङ्गता भएका व्यक्ति मध्ये दृष्टिविहिन बालबालिकालाई अध्यापन गराउदै आएको कबिर माध्यमिक विद्यालय छ । जसमा प्रदेशका विभिन्न जिल्लाहरुबाट विद्यार्थी अध्ययनका लागि आउने गरेका छन्।हाल विषेश शिक्षा अन्तरगत यहाँ ११ जना विद्यार्थीले ब्रेल लिपिका माध्यमबाट शिक्षा लिइरहेका छन् । उनिहरुका लागि छात्रावासको व्यवस्था पनि गरिएको छ । उनिहरुका लागि खाना बनाउन, सहयोगका लागि दुई जना कर्मचारीको व्यवस्था गरिएको छ।उनिहरुका निम्ति सञ्चालन गरिएको विषेश कक्षाका निम्ति विद्यालयमा दुई जना शिक्षक नियुक्ति गरिएको छ ।
उक्त कार्यक्रम मा संबिधान सभा सदस्य रत्ना देबी (मधु) गुरुङ,पूर्व सांसद हर्कमान तामाङ बेलबारी बहुमुखी क्याम्पस प्रमुख भुपेन्द्र प्रसाद कोइराला लगायत को उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।