विराटनगर, ७ पौष ।

 राष्ट्रपति रामचन्द्र पौडेलले आफु पदमा रहे सम्म संविधानको पालना र संघिय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सधै कटिबद्ध भएर लागिरहने बताएका छन्।

 नेपाल उद्योग परिषद कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको उद्योगी व्यवसायी र प्रजातन्त्र सेनानी सम्मान कार्यक्रममा पर्व उपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका नेता विजय गच्छेदारले संविधान र संघिय लोकतान्त्रिक गणतन्त्र माथि विभिन्न कोणबाट प्रहार भएकाले संविधानको संरक्षकका हिसाबले राष्ट्रपतिलाई भूमिका निर्वाह गर्न आग्रह गरेपछि  राष्ट्रपति पौडेलले 

IMG_20231223_174703

आफुले पाएको भूमिकालाई प्रयोग गरेर भएपनि संघिय लोकतान्त्रिक गणतन्त्रमा आँच आउन नदिने बताए  ।  उनले मुलुकको आर्थिक अवस्था समस्यामा रहेकाले सरकारले उद्योगी व्यवसायीहरुको सल्लाह र सुझाव अनुसार अर्थतन्त्रलाई चलायमान बनाउन लाग्नुपर्ने धारणा राखे।

IMG_20231223_174509

सो कार्यक्रममा पुर्व उपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका नेता विजय गच्छेदारले मुलुकमा  धार्मिक र जातिय द्वन्द्व बढाउने प्रयास भईरहेको प्रति राष्ट्रपति संवेदनशिल बन्नुपर्ने  बताए । उनले उद्योगीहरु नै पलायन हुने स्थिति आउन लागेकाले अर्थतन्त्र सुधारका लागि सरकारले गतिशिलता बढाउनुपर्ने बताए  ।

IMG_20231223_174645

 सो कार्यक्रममा बोल्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश र स्थानीय सरकारले संविधान बमोजिमका अधिकार नपाएको गुनासो गरे । उनले संविधान अनुसार काम गर्न दिए प्रदेश र स्थानीय तहले धेरै काम गर्न सक्ने बताए ।

IMG_20231223_174340

 सो कार्यक्रममा प्रजातन्त्र र लोकतन्त्र ल्याउन विशेष भूमिका निर्वाह गरेका कोशी प्रदेशका २१ जना प्रजातन्त्र सेनानी तथा उद्योगी व्यवसायीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान पत्र प्रदान गरेकस थिए । 

IMG_20231223_174721