बेलबारी । काकुम युवा समूहको आयोजनामा शनिबार बिहान बृहत रक्तदान कार्यक्रम भएको छ।  बेलबारी नगरपालिका वडा ४ बुधबारेमा आयोजना भएको थियो।काकुम युवा समूहकोआयोजना तथा नेपाल रेडक्रस सोसाइटी बिराटनगरको प्राविधिक सहयोगमा भएको कार्यक्रममा बेलबारी वडा न ४ कि महिला सदस्य भिम कुमारी गुरुङले रक्तदान गरेर उद्घाटन गरेकी थिइन  । कार्यक्रम समूहका अध्यक्ष बिकी मगरको अध्यक्षता तथा बेलबारी वडा न ४ का वडा अध्यक्ष चन्द्र लिम्बुको प्रमुख अथितीमा आयोजना भएको थियो।  

"पछिल्लो समय अस्पतालहरुमा रगतको अभाव भइरहेका बेला अभाव टार्न थोरै भए पनि सहयोग पुर्‍याउने"लक्ष्यका साथ रक्तदान आयोजना गरिएको काकुम युवा समूहका अध्यक्ष बिकी मगरले बताए । 

IMG_2505

कार्यक्रमका प्रमुख अतिथि लिम्बुले आयोजकलाई धन्यबाद दिदै "यो जुन कार्य गरेको छ कसैको ज्यान बचाउनका लागि बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ यो सराहनीय" कार्य रहेको बताए।  

उक्त बृहत रक्तदान कार्यक्रम बाट ४५ प्रिन्ट रगत संकलन भएको छ। 

काकुम युवा समूहले विभिन्न सामाजिक गतिविधिमा समेत सक्रिय हुदै आएको छ  । समूहले यस अघि युवाहरुका लागि लागु पदार्थ दुर्व्यसनी विरुद्ध जनचेतनामुलक कार्यक्रम तथा बेलबारी मै पहिलो पटक चेस प्रतियोगिता समेत आयोजना गरेको थियो। 

IMG_2539