बाहुनी बजार विकास समितिले बाहुनी बजारलाई व्यस्थित बनाउन थालेको छ। आज वडा कार्यालय ,सशस्त्र प्रहरी बल बाहुनी ,इलाका प्रहरी चौकी बाहुनी ,स्थानीय समाज सेवी ,स्थानीय व्यवसायी लगायतको सहयोगमा बजार व्यवस्थापन गर्न थालेको छ। बाहुनी बजारलाई सुन्दर बजार ,सफा बजार ,हराबरा बजार बनाउने लक्ष्य रहेको वडा न ७ कि वडा अध्यक्ष सुनिता चौधरीले जानकारी दिइन।

अव्यवस्थित बजारलाई व्यवस्थित गरि एकै किसिमका व्यवसायीलाई संगै राखी व्यवस्थित गर्न लागिएको समिति अध्यक्ष तिर्थ घिमिरे ले जानकारी दिए।
बजार लागेको दिन भिडभाड हुने गरेको तथा सवारी आवत जावत मा समस्या हुदा दुर्घटना को पनि बढी जोखिम भएको ले पनि बजारलाई व्यवस्थित गर्न लागेको समिति सचिब लक्ष्मी चौधरी बताउछन।
बाहुनी बजार हप्तामा २ दिन बुधबार र शनिबार लाग्दै आएको छ।




















