झलझली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । कार्यक्रम आफ्नो सभाहल बेलबारी १० मा सम्पन्न भएको हो । 

कार्यक्रममा संस्थाको आय, व्यय तथा लक्ष्य तथा अन्य विभिन्न बारेमा जानकारी दिइएको थियो । आजको साधारणसभामा एसईईमा उत्कृष्ट नतिजा ल्याई उत्तिर्ण हुने यसै सहकारीका २ जना  शेयर सदस्यहरु ( विन्दु खतिवडा, रिदीमा धिमाल)  लाई  सम्मान गरेको थियो भने १ जना उत्कृष्ट बालबचतकर्ता ( आरोङ धिमाल ), १ जना असल ऋणी सहनलाल राजबंशी र वृद्ध शेयर सदस्यहरु (धन ब. धिमाल, प्रतापलाल धिमाल, दिलशोमा राई, दुर्गा गौतम र बीर ब. तामाङ ) लाई सम्मान शेयर सदस्यलाईसमेत सम्मान गरिए थियो  ।

झलझली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष पुर्णप्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न भएको साधारणसभामा प्रमुख अतिथि जिल्ला बचत तथा ऋण सहकारी संस्थाको कोषध्यक्ष डिवि थापा, विशिष्ठ अतिथि वसन्त धिमालले गरेका थिए ।