निजि तथा आवासीय बिधालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बेलबारी नगर समितिको सोमबार चौथो साधारण सभा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेश प्याब्सनका अध्यक्ष टिकाराम ढकाल तथा बेलबारी प्याब्सन अध्यक्ष भगवती प्रसाद घिमिरेको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो।

कार्यक्रम मा बोल्दै प्रमुख अतिथि ढकालले अब बन्ने अध्यक्ष ले अहिलेको अध्यक्ष भन्दा सस्थागत बिधालयहरुको हकहित ,संरक्षण गर्दै लान जसरि कि फूलहरुलाई मालामा उने जस्तै गरि राखन बेलबारी प्याब्सनलाई आग्रह गरेका छन्।

साधारणसभामा बेलबारी नगर प्याब्सन अध्यक्ष भगवती प्रसाद घिमिरेले बर्ष भरिको कार्य र अब आउने भाबी योजनाको प्रतिबेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा मोरंग प्याब्सन सचिब जगत बहादुर बस्नेत ,बेलबारी नगर प्याब्सनका प्रमुख सल्लाकार भुपाल बस्नेत लगायतको उपस्थिति तथा बेलबारी नगर प्याब्सनका सचिब बिनोद भण्डारीले कार्यक्रम संचालन गरेका थिए।
























