विराटनगर २५ मङ्सिर

 कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनताको जीवनसँग जोडिएको स्वास्थ्यय मन्त्रालयका कर्मचारीहरुले  स्वास्थ्य सुरक्षाप्रति संवेदनशिल भएर काम गर्नुपर्ने वताएका छन् । । 

 स्वास्थ्यमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नु भएका मुख्यमन्त्री कार्कीले  पहिलो पटक आज स्वास्थ्य मन्त्रालयका कर्मचारीसँगको छलफलमा उहाले खर्चको अभावमा स्वास्थ्य उपचार वाट कुनैपनि नागरिक  वन्चित हुन नहुने वताउनुभयो । उनले रकमको अभावमा नागरिकको उपचार विहिन अवस्थामा मृत्यु हुन नदिने उद्देश्यले कार्य गर्नुपर्ने बताए । 

जनताको स्वास्थ्य प्रती खेलवाड गर्नेकुरा आफुलाई स्वइकार्य नहुने भन्नुहुदै उहाले मानव जिवनसंग जोडिएको यो मन्त्रालयका कर्मचारीहरुले अप्ठयारो अवस्थामा पनि प्रसंसा पाउने गरि काम गर्नुपर्नेमा जोड दिए । 

मुख्यमन्त्री कार्कीले  आगामी एक महिनाभित्र शैलजा आचार्य हृदय रोग उपचार केन्द्र अस्पताल सञ्चालन गर्न निर्देशन दिए ।  मुख्यमन्त्री कार्कीले   सरकार गठनको एक सय दिन पुगेको अवसरमा विराटनगर–१० मा अस्पताल उद्घाटनमा आउने गरि सो अस्पतालको सेवा संचालनममा ल्याउन  आजदेखि काममा लाग्नु पर्ने बताए ।

md-25 d(1)

मुख्यमन्त्री कार्कीले मन्त्रालयमा नयाँ अनुसन्धान आवश्यक रहेको छ भन्दै जनताप्रति उत्तरदायी भएर दुगर्म एवं ग्रामीण क्षेत्रका जनताको सेवा प्रभावमा कुनै कमी नहुने । मुख्यमन्त्री कार्कीले आगामी १५ दिनभित्र विशेषज्ञ सहित उपचार सेवा  ओखलढुङ्गा र अन्य एक अस्पतालमा सञ्चालनको लागि आवश्यक व्यवस्था गर्न समेत  निर्देशन दिए ।

मन्त्रालयकी सचिव डा सुधा देवकोटाले मन्त्रालय अन्तर्गतका कार्यालयहरुमा समन्वयको अभाव रहेकोले त्यसलाई सहज वनाउन मुख्यमन्त्री कार्कीलाई आग्रह गरे । मन्त्रालयका निकायहरुमा समन्वयको खाचो रहेको उहाको भनाई थियो । 

सो अवसरमा मन्त्रालय अन्तर्गतका प्रदेश आपूर्ति व्यवस्था, स्वास्थ्य कार्यालय, प्रदेश प्रयोगशाला लगायतका कार्यालयका प्रमुख एवं प्रतिनिधि कर्मचारीहरुले आफनो मातहतका कार्यालयहरुले प्रदान गर्ने सेवाको वारेमा जानकारी गराए । 

md-25 b