भ्रष्टाचारीलाई सम्मान गर्ने परिपाटी विकास भए सम्म भ्रष्टाचार नियन्त्रण हुन नसक्ने नागरिक समाजका अगुवाहरुले बताएका छन् । 

 भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्र्रिय दिवस २०८० को सन्र्दर्भमा भ्रष्टाचारका विरुद्ध एक जुट हौं, भ्रष्टाचारलाई समुल नष्ट गरौं भन्ने नारा सहित आयोजना गरिएको अन्तरसम्वाद कार्यक्रममा प्राध्यापक कृष्ण पोखरेलले सामाजिक परिस्थितिका कारण भ्रष्टाचार संस्थागत हुदै गएको बताए । उनले नागरिकमा जागरुकता आउन थाले मात्रै भ्रष्टाचारी राजनैतिक नेतृत्वलाई सडकमा ल्याउन सक्ने भएकाले नागरिक नै जागरुक बन्नुपर्ने बताए । उनले निर्वाचन प्रर्णालि पनि मंहगो भएको कारण समाजमा भ्रष्टाचार मौलाएको धारणा राखे । 

भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था मोरङले आयोजना गरेको सो अन्तरसम्वाद कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले भ्रष्टाचार नियन्त्रण गर्न राजनैतिक नेतृत्वमा इच्छा शक्ति आवश्यक रहेको बताए । उनले आफुले महानगरपालिकामा भ्रष्टाचार गर्न नदिने र नगर्ने भन्दै आफुले एउटा पालिकामा भ्रष्टाचार नगर्दा भ्रष्टाचार नरोकिने भन्दै सवै क्षेत्रको सहयोगमा मात्र भ्रष्टाचार रोक्न सकिने धारणा राखे । उनले भ्रष्टाचार राजनीतिज्ञहरुले मात्र नगर्ने बताए ।  

bhrastachar  (2)

सो कार्यक्रममा उद्योगी व्यवसायीहरुले मुलुकमा नीतिगत भ्रष्टाचार व्याप्त रहेको र मुलुकको अर्थतन्त्र नै धराशायी बन्ने स्थितिमा पुगेको बताएका थिए । उनीहरुले संविधानका कारण पनि नीतिगत भ्रष्टाचार बढेकोले संविधान संसोधनको कार्य थाल्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

 सो कार्यक्रममा नागरिक समाजका प्रतिनिधि, अधिकारकर्मी, कानुन व्यवसायी र पत्रकारहरुको सहभागिता रहेको थियो ।