झापा, मोरङ र सुनसरी विभिन्न स्थानमा यतिबेला जङ्गली हात्तीले आतङ्क मच्चाएको छ ।
पछिल्लो समय मोरङको बेलबारी १० भाउन्नेस्थित जंगली हात्तीको आक्रमणबाट भएको घर र बालीको क्षतिको कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्र्कीले अनुगमन गरेका छन् ।
हात्तीले क्षति पुर्याएको स्थानमा पुगेर मुख्य मन्त्री कार्कीले यसको व्यवस्थापन गर्ने आश्वासन दिएका छन् । स्थानिय वासिहरुले यो क्षेत्रमा हात्तीको आक्रमण बाट बाच्नै गरो भएको गुनासो गरेका थिए । मन्त्री कार्कीले स्थानियको कुरा सुनेपछि र क्षति भएको स्थानमा अनुगमन गरेर हात्तीलाई सुरक्षीत जंगलमा जानको लागि व्यवस्था मिलाउने बताए ।
बेलबारी १० भाउन्ने स्थीत दश विगाहा भन्दा बढि क्षेत्रमा लगाईएको मकै, केरालगायत हात्ती क्षति पु¥याएको स्थानियहरुले बताए ।
विगत १५ दिनयता मात्रै हात्तीको आक्रमणबाट झापामा २, सुनसरीमा १ र मोरङमा १ जना गरी ४ जना सर्वसाधरणको मृत्यु भइसकेको छ । बिहीबार राति स्थानीय विन निरौला र तिर्थ दाहालको घरमा हात्तीले क्षति पुर्याएको छ ।