३२औ अपाङ्ग दिवस हिजो मनाएको छ। बेलवारि अपाङ्ग सेवा संघको आयोजना सामाजिक विकास मन्त्रालय कोशी प्रदेश करुणा फाउन्डेसनको सहकार्य तथा बेलबारी नगरपालिकाको मुख्य साहयोगिमा उक्त प्रतियोगिता सम्पन्न गरेको छ। उक्त दिवसमा कबिता बाचन, हन्डी फोड तातो आलु छेलो खेल गन्ती सम्भाव्याताको पोको र ट्राइ साइकल दौड प्रतियोगिता गराइएको थियो।
बेलबारी नगरपालिकाका नगर प्रमुख दिल प्रसाद राइको प्रमुख आतिथ्ता प्रतियोगिता बेतना युनाइटेड क्लब बेलबारी वडा न. ४ मा सम्पन्न भएको थियो ।
उक्त प्रतियोगिताबाट हन्दी फोडमा सीता देवि बिक वडा न. २ बाट एकल बिजेता र तातो आलुमा प्रथम अस्मिता श्रेष्ठ , सत्याल दृस्टि बिहिन अपाङ्गता दोस्रो भवाना बजगाइ, तेस्रो पशुपति दाहाल कोइराला त्यसै गरि ट्राइ साइकलमा प्रथम वर्ण बहादुर राइ , मेरुदण्ड पक्ष घात तेस्रो मा आइतहाङ लिम्बू शारीरिक अपाङ्गता गन्ती सम्भव्यताको पोको मा प्रथम नरमाया बिक र दोस्रोमा तुलाराम सुन्दास दृष्टि सम्बन्धि अपाङ्गता र तेस्रोमा गिता बिक दृष्टि सम्बन्धि अपाङ्गता त्यस्तै छेलो खेलमा प्रथम टिकाराम खड्का दोस्रो अन्त लाल सरदार र तेस्रो टिकाराम बिष्ट भएका थिए भने पुरस्कार मा प्रथम ,दोस्रो र तृतीय हुनेलाई क्रमस एक क्रेट अन्डा , २०० ग्रामको चियारङ र १ केजि चिनी र २ किलोको दर आटाको पिठो रहेको थियो
उक्त कार्यक्रम स्वगत मन्त्ब्य संघका सचीव भुवन कार्कीले गरेका थिए भने सहयोगी अञ्जली कार्किले अपाङ्गता सम्बन्धी कबिता बाचन गरेकी थिइन। कार्यक्रममा बेलबारी वडा न ४ का नि वर्तमान वडा अध्यक्ष राम कुमार राई , बेतना हिमाली टोल बिकासका अध्यक्ष प्रकाश लिम्बू र अपाङ्गता सहज कर्ता घनश्याम कार्की ,रितु राई रबिना राईको उपस्थिति रहेको थियो।