विराटनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निरकुंशतामा मात्र विरोध गर्न नपाइने भएकाले लोकतन्त्रमा लोकतन्त्र कै पनि विरोध गर्न पाउनुपर्ने बताएका छन् । 

मोरङको कटहरीमा नेपाल डेमोक्रेटिक लयर्स एसोशिएसन डिएलएले आयोजना गरेको स्थानीय तहमा कानुनी तथा वित्तिय सुशासन सम्बन्धी अन्तक्रिर्या कार्यक्रमको उद्घाटन गर्दै महामन्त्री शर्माले अहिले व्यवस्था परिवर्तन भन्दा अवस्था परिवर्तनका लागि आवाज उठाउनुपर्ने बेला भएको बताए । उनले यसरी सडकमा आवाज उठ्दै गर्दै विरोध हुदै गर्दा राज्यको प्राथमिकता को हो भन्ने प्रश्न गरेका थिए । 

bishowprakash (1)

सो कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले स्थानीय तहका जनप्रतिनिधिहरुले पार्र्टीे पहिचान जोगिने गरी काम गर्नुपर्ने बताए । उनले स्थानिय सरकार भानेको बलियो सरकार भएकाले जतालाई प्रत्यक्ष लाभ हुने गरी काम गर्नु पर्ने बताए । 

bishowprakash (2)

कोशी प्रदेश स्तरीय सो अन्तक्रिर्या कार्यक्रममा सहभागिहरुले कर्मचारीहरुको मिलोमतो नभई जनप्रतिनिधिहरुले भ्रष्टाचार गर्न नसक्ने भएकाले कानुनी तथा वित्तिय सुशासन बारे जानकारी राख्नुपर्ने धारणा राखेका थिए । सो कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाका नेपाली कांग्रेसबाट निर्वाचित पालिका प्रमुख र उपप्रमुखहरु र कानुन व्यवसायीहरुको सहभागिता रहेको थियो ।