मोरङको बेलबारी ४ मा रहेको बेतना सिमसारको कार्यालय र नगद काउण्टरमा आज बिहानदेखी स्थानीय बासिन्दाहरुले तालाबन्दी गरेका छन । 

स्थानीय श्रोत साधनमा स्थानियको पहुँच नभएको र राजनीति भएको भन्दै  सयौँ स्थानीयबासीले तालबन्दी गरेका हुन । बेतना सिमसार सामुदायिक बनमा चरम राजनीति भएको र दलिय बाँडफाँड भएको भन्दै आक्रोशित  बनेका स्थानीयबासीहरुले तालाबन्दी गरेका हुन । बेतना सिमसारमा स्थानीय वडाबासीको स्वामित्वको मागगर्दै उनीहरुले  गरेकाछन्  । बेतना सिमसारलाई बेलबारीका ११ वटै वडामा सदस्य बनाएर राजनीतिक दलहरुले राजनीतिक क्रिडास्थल बनाएको र स्थानीयहरुलाई उपेक्षा गरिएको उनीहरुको आरोप छ ।

betana

बेतना सिमसारको नेतृत्व समेत दलिय बाँडफाँडका आधारमा हुने गरेको र बेतना सिमसार लथालिंगबन्दा समेत राजनीतिक दलहरुले यस्लाई बेवास्ता गरेको उनीहरुको आरोप छ । राजनीतिक भागबण्डा नमिल्दा बेतना सिमसारका ९ बर्षदेखि साधारणसभा समेत हुन सकेको छैन । ब्यबस्थापन अभावमा पानीको मुहान सुक्दै गएको र आसपासका  जमिन बाझै हुने अबस्था आउँदापनि दलहरुले यस्लाई निकास दिन नसकेको उनीहरुको आरोप छ । 

स्थानीय मनिकुमार लिम्बुको संयोजकत्वमा संघर्ष समिति नै गठन गरेर स्थानीयले तालाबन्दी सहित संघर्षका कार्यक्रम अघि सारेका छन । अब राजनीतिक दलसँग कुनै बार्ता नहुने र  माग पुरा नभएसम्म तालाबन्दी जारी रहनेसमेत लिम्बुले बताए । 

स्थानीयलाई बाईपास गरिए राम्रो नहुने उनिहरुले चेतावनीसमेत दिएकाछन् ।  यहि १६ गते राजनीतिक दलहरुले  तोकेको सिमसारको साधारणसभा कुनै हालतमा हुन नदिने र  माग पुरा नभए थप आन्दोलनमा उत्रिने आक्रोशित स्थानियहरुले  जनाएकाछन् ।

तालाबन्दीमा सहभागी भएका स्थानीयहरुले राजनीतिक दलहरुले राजनीति गर्ने अखडा बनाउँदा बेतना सिमसार लथालिंग र भताभुंग भएको आरोप उनिहरुको छ।  स्थानीयलाई बाईपास गरिए मान्य नहुने र १६ गते राजनीतिक दलहरुले तोकेको साधारणसभा कुनै हालतमा हुन नदिनेसमेत उनिहरुले  चेतावनी  दिएकाछन् ।

betana2