माउन्ट एभ्रेष्ट खेलकुद प्रतियोगिता आज सम्पन्न भएको छ । बेलबारी ११  मा रहेको माउन्ट एभ्रेष्ट इङग्लिस बोर्डिङ स्कुलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । 

विद्यालयका प्रध्यानाध्यापक जगत बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बेलबारी नगरपालिका वडा नं. ११ का वडाध्यक्ष बिक्रम बान्तवा राई रहेका थिए ।  

आजको खेलकुद प्रतियोगिता तथा पुरस्कार वितरण कार्यक्रममा म्याथ रेस, म्युजिकल चियर, मेमरी टेष्ट, भलिबल, फुटबल, चेसलगायत अन्य विभिन्न खेलहरु भएका थिए । प्रतियागितामा सहभागि ७ वटा हाउसहरुमध्ये सबैभन्दा चाँगुनारायण हाउस उत्कृष्ट हाउस भएको थियो भने उत्कृष्ट खेलाडीमा कक्षा ७ बाट अनिशा डाँगी भएकी थिईन् । उत्कृष्ट भएको चाँगुनारायण हाउस र अनिशा डाँगीलाई शील प्रदान गरिएको थियो भने अन्य उत्कृष्ट भएका खेलाडीहरुलाई भने मेडल प्रदान गरिएको थियो । 


IMG_1186

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बेलबारी नगरपालिका वडा नं. ११ का वडाध्यक्ष बिक्रम बान्तवा राईले खेलकुद र पढाईमा बेलबारीका ११ वटै वडामा सबैभन्दा राम्रो गतिविधिले अगाडि बढिरहेको माउण्ट एभरेष्ट ईङलिस बोर्डिङ स्कुललाई विशेष धन्यवाद दिँदै बेलबारी ११ बाट विद्यार्थीहरु बाहिर पढनकालागी जाने क्रम बढिरहेको र कसरी बेलबारीमा नै राम्रो शिक्षा दिन सकिन्छ भन्ने कुराको वडामा छलफल गरी अगाडि बढिरहेको जानकारी दिँदै खेलमा उत्कृष्टहुने विद्यार्थीहरुलाई धन्यवाद दिँदै आउँदै तिहार र छठपर्वको शुभकामनासमेत व्यक्त गरेका थिए। 

यस्तै कार्यक्रममा बोल्दै विशिष्ट अतिथि गोविन्द भण्डारीले बेलबारीको शैक्षिक अवस्था उच्च बनाउनका लागी माउण्ट एभरेष्ट बोडिङ स्कुलसँग सहकार्य गरेर निति निर्माण गर्नुपर्ने पक्षमा आफु रहेको बताँउदै बेलबारी नगरपालिका भन्दाबाहिर विद्यार्थीहरु जाने प्रवृत्तिलाई रोक्ने कोशीस गर्नुपर्नेमा जोड दिएका थिए ।

IMG_1149

 

माउण्ट एभरेष्ट बोडिङ स्कुलका प्रध्यानाध्यापक जगत बहादुर बस्नेतले बेलबारी नगरपालिकामा भएका ३६ वटा संस्थागत विद्यालयहरुमध्ये सबैभन्दा बढी प्रतिशत हासिल गरी क वर्गमा पर्न सफल यस विद्यालयलाई यस स्थानसम्म ल्याई पुर्याउन सहयोग गर्ने संपुर्णलाई आभार तथा धन्यवाद ज्ञापन गर्दै आउने वर्षदेखी नै प्लस टु संचालन गर्ने योजना रहेको जानकारी गराए । साथै बेलबारी भित्रका र छिमेकी नगरपालिकाहरुका विद्यार्थीहरुलाई पनि यहि ठाउँमा भित्राउन राजनितीकर्मी, समाजसेवी, जनप्रतिनिधि, नागरीक समाजका अगुवालगायत संपुर्णले आ—आफ्नो ठाउँबाट भुमिका निर्वाह गर्नुपर्नेसमेत बताएका थिए ।

कार्यक्रममा विशिष्ट अतिथिमा लक्ष्मी मा.विका विद्यालय व्यवस्थापन समितिका अधयक्ष गोविन्द भण्डारी रहेका थिए भने अतिथिहरुमा बेलब।री वडा न.ं ११ की जनप्रतिनिधि पार्वति गौतम , नवराज बस्नेतलगायतको उपस्थिती रहेको थियो।

IMG_1165