भिमसेन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारणसभा हिजो सम्पन्न भएको छ ।.कार्यक्रम नेवा समाज भवन बेलबारी ११ मा सम्पन्न भएको हो ।
कार्यक्रममा संस्थाको आय, व्यय तथा लक्ष्य तथा अन्य विभिन्न बारेमा जानकारी दिइएको थियो । हिजोको साधारणसभाबाट एसईईमा उत्कृष्ट नतिजा ल्याई उत्तिर्ण हुने यसै सहकारीका २ जना शेयर सदस्यहरु (दिला श्रेष्ठ र ओमप्रतिक चौधरी) लाई सम्मान गरेको थियो भने १ जना उत्कृष्ट बचतकर्ता (सुष्मा श्रेष्ठ) ,१ जना असल ऋणी (विनोद श्रेष्ठ) र संस्थाप्रति पुर्याएको योगदानको कदर गर्दै भिमसेन सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकार डम्बर बहादुर श्रेष्ठ , विनय मिश्र र सुमन ढकाल तथा संस्थाका १ जना जेयष्ठ महिला र एकजना जेयष्ठ पुरुष शेयर सदस्यलाईसमेत सम्मान गरेको थियो ।
भिमसेन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष रोशन कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको साधारणसभामा प्रमुख अतिथि नगर सहकारी सञ्जाल बेलबारीका अध्यक्ष दुर्गा प्रसाद गौतम,विशिष्ट अतिथिमा न्यु जनएकता बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ,प्याब्सन मोरङ जिल्लाका सचिव, माउण्ट एभरेष्ट बोडिङ स्कुलका प्रिन्सिपल तथा नगर सहकारी सञ्जाल बेलबारीका सदस्य जगत बहादुर बस्नेत र अतिथिहरुमा बेलबारी नगरपालिका न्यायीक समितिका सदस्य तथा बेलबारी नगरपालिका वडा नं. ११ का जनप्रतिनिधि नवराज बस्नेत , परिश्रमी उद्यमी महिला सहकारीका निवर्तमान सल्लाहकार गंगादेवी श्रेष्ठलगायतको उपस्थिती रहेको थियो भने कार्यक्रम संचालन संस्थाका सचिव लक्ष्मी प्रसाद श्रेष्ठले गरेका थिए ।
हिजोको कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष रोशन कुमार श्रेष्ठले संस्थाको वृद्वि विकासमा योगदान गर्नेहरुमा उच्च सम्मान र आभार व्यक्त गर्दै बदँलिदो सरकारी अर्थनिती, आर्थिक संकट, सहकारी नियमावली संसोधन र कार्यान्वयन, सहकारी टाठ पल्टिएर संचालकहरु फरार रहेको अहिलेको अवस्थामा सहकारीहरुप्रति मानिसको नकारात्मक धारणा बढ्दै गएको बताँउदै २८ जनाबाट सुरु गरिएको यस संस्थामा गतबर्षको तुलनामा १९.७९% वृद्वि भएर हालसम्म ३४७ जना शेयर सदस्यहरु रहेको जानकारी गराए । यस्तै शेयर पुँजी गतवर्षको तुलनामा ७.५२ %, कोष हिसावमा १३.२२% र निक्षेप हिसाबमा वृद्वि भएकोसमेत जानकारी गराए ।
हिजोको कार्यक्रममा बोल्दै विशिष्ट अतिथि जगत बहादुर बस्नेतले अहिले देशैभरि सहकारीको माहोल बिग्रिएको, सहकारीभित्रको विकृति र शेयर सदस्यहरुको बिर्कषणका बाबजुतपनि यस संस्था अत्यन्तै सकारात्मक ढङले सुचारु भएकाले धन्यवाद व्यक्त गरेका थिए ।
यस्तै कार्यक्रमका प्रमुख अतिथि दुर्गा प्रसाद गौतमले सहकारीहरु संकटको अवस्थाबाट अगाडी बढेको र अहिले बाहिरबाट आएका सहकारीहरुले देखाएका सुविधाहरुको लोभमा परेर लाखौँ रकम डुबेकोले यस्ता सहकारीहरुसंग सजग रहन आग्रह गर्दै नगरले हरेक कुरामा अनुगमन र कडाई गर्नुपर्ने बताए ।