जेसिजको बैठक अघि स्थानीय सरकार सँग नेपाल जेजिसको अन्तरक्रिया कार्यक्रम आज बेलबारी २ स्थित सुर्दशन मल्टिपल एग्रो रेष्ट्रोमा सम्पन्न भएको छ । नेपाल जेसिजको बोर्ड बैठक पहिलोपटक राजधानी बाहिर बेलबारीमा बसेको हो ।
स्थानीय सरकार सँग नेपाल जेजिसको अन्तरक्रिया कार्यक्रममा बोल्दै बेलबारी नगरपालिकाका नगरप्रमुख दिल प्रसाद राईले बिधिको शासन जेसिजको मुल नारा भएपनि सबै ठाँउमा योे कार्यन्वयनमा आउन नसकेको र हरेक ब्यत्तिले आफुलाई लागेको कुरा मात्र ठिक हो भन्ने मान्यताका कारण पनि बिधिको शासन स्थापित नभएको बताए । नेपालीको पछौटेपनले बिधिको शासन नै प्रयोग नगर्ने एक ठाँउमा सिकेको राम्रो कुरा अर्को ठाँउमा पनि लागु हुनुपर्छ तर नेपालिहरुले यस्तो कुरा लागु नगर्ने बानिले बिधिको शासन लागु नभर्एको बताए ।
नेपाल जेसिजका केन्द्रिय अध्यक्ष बिकास मानन्धरले नेपाल जेसिज स्थानीय पालिकाहरु सँग समन्वय गरेर जेसिजमा आबद्ध युवाहरुलाई आबश्यकता अनुसार उनीहरुको ज्ञान र सिप प्रयोग गर्न सकिने बताए ।
कार्यक्रमको मापन गद बेलबारी जेसिजका अध्यक्ष ऐश्वर्यप्रसाद आचार्य (बिपिन)ले राजधानीभन्दा बाहिर पहिलोपटक बेलबारीमा बसेको नेपाल जेसिजको चौथो केन्द्रिय बोर्ड निर्देशक बैठकमा कार्यक्रमको अतिथि हुन पाँउदा अत्यन्तै हर्षित भएको बताए ।