दोश्रो पटक अध्यादेशबाट ल्याइएको आर्थिक वर्ष०८०८१ को बजेट प्रतिस्थापन विधेयक ल्याउने गरी सोमवार बसेको कोशी प्रदेश सभाको चौथो अधिवेशनको चौथो बैठकले र्सवसम्मतले स्वीकृत गरेको छ ।
प्रदेश सभा बैठकले आर्थिक अध्यादेश २०८० र विनियोजन अध्यादेश २०८० स्वीकृत भएको प्रदेश सभा सचिवालयले जनाएको छ । गत जेठ ३२ गते तत्कालिन मुख्यमन्त्री हिक्मत कुमार कार्की नेतृत्वका सरकारले विश्वासको मत पाउन नसकेपछि संवैधानिक प्रावधानलाई कायम राख्न अध्यादेशबाट बजेट ल्याएकोमा पारित नभएपछि प्रदेशमा बजेट होलीडे भएको थियो । त्यसपछि पुनः मुख्यमन्त्री भएपछि हिक्मत कुमार कार्की नेतृत्वको सरकारले अध्यादेशबाट बजेट ल्याएको थियो ।
मंसिर १६ गते भित्र सो बजेट अध्यादेश पारित गर्नुपर्ने अवस्था रहेको थियो । मुख्यमन्त्री केदार कार्कीको तर्फाट विना विभागिय मन्त्री गणेश उप्रेतीले अध्यादेश बजेट पारितका लागि प्रस्ताव पेश गर्नुभएको थियो ।
करिब ३६ अरब २४ करोड ३५ लाख रुपैया बराबरको अध्यादेशबाट ल्याईएको बजेट स्वीकृत भएपछि प्रतिस्थापन विधेयक ल्याउन बाटो खुलेको छ ।
यसैगरी सोमवार बसेको प्रदेश सभा बैठकमा विना विभागिय मन्त्री शमशेर र्राईले प्रदेश निजामती सेवा ऐन २०७९ लाई संसोधन गर्न बनेको विधेयक र स्थानीय सेवाको गठन, संचालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गरिएको छ ।