जाजरकोट तथा पश्चिम रुकुम भूकम्प पीडित सहयोग अभियानमा पश्चिम रूकुम र जाजरकोटमा शुक्रबार गएको बिनाशकारी भुकम्पका पिडित परिवारहरूका लागि बेलबारी नगरपालिका वडा नंं ९ मा रहेको आर्जु राईस मिलले १० टन अर्थात ५०० बोरा आर्जुृ लङ्ग ग्रेन बा्रन्डका चामल सहयोग गरेको छ ।
पश्चिम रूकुम र जाजरकोटमा गएको भुकम्पमा परी घरबारबिहिन बनेका पिडितहरूप्रति दुःख व्यक्त गर्दै राहतस्वरुप आर्जु राईस मिलले ११लाख ५० हजार बराबरको चामल सहयोग गरेको हो ।
आर्जु राईस मिलका प्रबन्धक विवेकनन्द झा ले आर्जु राईस मिलको तर्फबाट भूकम्पमा परी मृत्यु भएका मृतकहरुप्रति श्रद्वाञ्जली व्यक्त गर्दै बेलबारी नगरपालिकाका नगरप्रमुख दिल प्रसाद राईको माध्यमबाट प्रधानमन्त्री राहत कोषमार्फत चामल भूकम्प पिडीतसमक्ष पुग्ने र आज आर्जु राईस मिलबाट ५०० बोरा चामल लिएर भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गर्ने ट्रक सुर्खेत पठाउने र त्याँहाबाट अर्को व्यवस्था मिलाएर आधा—आधा गरी चामल जाजरकोट र पश्चीम रुकुमको सदरमुकाम पठाउने तथा आवश्यक परेको खण्डमा अझै सहयोग गर्नेसमेत झा ले बताए ।
बेलबारी नगरपालिकाका नगर प्रमुख दिल प्रसाद राईले बिनाशकारी भुकम्पमा परी ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्वाञ्जली अपर्ण गरी घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सबैको सहयोग जुटाउनका निम्ति सबैले आ—आफ्नो ठाउँबाट लागिपर्न आग्रह गरे । साथै आर्जु राईस मिलले खाद्यन्न उपलब्ध गराएकोमा आर्जु राईस मिललाई धन्यवादसमेत व्यक्त गरेका थिए ।
यस्तै बेलबारी नगरपालिका वडा न= ९ का वडाध्यक्ष शालिकराम बस्नेतले पश्चिम रुकुम र जाजरकोटमा गएको भूकम्पका कारण राष्ट्र नै क्षतविक्षत र शोकमा रहेको अवस्थामा आर्जु राईस मिलले गरेको सहयोगप्रति बेलबारी नगरपालिका वडा न.ं ९ को तर्फबाट धन्यवाद व्यक्त गरे ।
जाजरकोट तथा पश्चिम रुकुममा हालसम्म भूकम्पमा परी २५३ जनाको मृत्यु भईसकेको छ भने १५७ जना घाईते रहेकाछन् ।