आईसीसी टी–२० विश्वकप छनोट एसिया क्षेत्रको आजको फाइनल खेलमा नेपाली खेलाडीहरुले कालोपट्टी बाँधेर खेलिरहेका छन् ।
भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा ज्यान गुमाएकाहरुको शोकमा नेपाली टिमले हातमा कालोपट्टी बाँधेर ओमानविरुद्ध क्रिकेट खेलेका हुन् । नेपाली खेलाडीहरुले मौनधारण पनि गरेका छन्
भूकम्पबाट भएको क्षति र त्यसबाट ज्यान गुमाउनेहरुको शोकमा हातमा कालो पट्टी बाँधेर खेल्ने निर्णय गरेका हुन् ।
यो फाइनल खेलको टिकट बिक्रीको आधा रकम भूकम्प पीडितहरुलाई दिने निर्णय यसअघि नै नेपाल क्रिकेट संघ क्यानले गरेको छ ।