नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले कोशी प्रदेशमा मध्यावधिको निर्वाचन रोक्न सर्वदलीय सरकार बनाउनु पर्ने बताएका छन् । 

 शनिवार विराटनगरमा संचारकर्मीहरु संग कुरा गर्दै अध्यक्ष नेपालले केन्द्रमा एक प्रकारको गठबन्धन भएपनि कोशी प्रदेशमा भने सांसद संख्याको कारणले अस्थिरता भएकाले सबै मिलेर स्थिर सरकार बनाउनु पर्ने भन्दै र्सवदलिय र र्सवपक्षिय सरकार आवश्यक रहेको बताए । उनले कुनै एक पक्षलाई निषेध गर्ने वातावरण कोशी प्रदेशमा नरहेको जिकिर गरे । 

madav 1

नेता नेपालले कोशी प्रदेशको नामाकरण बारे उठेको विवाद आवश्यक नरहेको बताउदै जनताको भावनालाई सम्मान गर्न कोशी प्रदेश सभा बैठकले नामाकरणको विषय टुङ्ग्याउनुपर्ने धारणा राखे । 

अध्यक्ष नेपालले आममाफी दिने विषयमा सर्वोच्च अदालतको परमादेश उपयुक्त भएको र विगतमा गरिएका गल्ती कमजोरीलाई सच्याएर अघि बढ्न सरकारलाई आग्रह समेत गरे । उनले मुलुकको अवस्था कहालीलाग्दो रहेको भन्दै भ्रष्टाचार अन्त्य गरेर जनताको निराशा अन्त्य गर्ने बताए ।