कोशी प्रदेश सरकारमा रहेका नेकपा एमालेका मन्त्री रामवहादुर मगरले राजीनामा दिएका छन् । गठबन्धन आवद्ध माओवादी केन्द्र र एकीकृत समाजवादी सरकारमा सहभागी भएसगै नेकपा एमाले कोशी प्रदेश सरकारबाट बाहिरिएको हो ।
नेकपा एमालेबाट मन्त्री बनेका रामबहादुर मगरले आज बिहान मुख्यमन्त्री केदार कार्र्कीलाई निवासमै पुगेर पदबाट राजीनामा दिएका छन ।
मुख्यमन्त्री कार्र्कीले एमालेको सहमतिबिना गठबन्धन दलहरू माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट शुक्रबार दुई मन्त्री नियुक्त गरेका थिए । आफूहरूको सहमति विपरीत सरकार विस्तार गरेको भन्दै एमालेले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएको हो । राजीनामा दिएका मगरले भने नेकपा एमाललेको संसदिय दलको वैठक बसेर आगामी दिनमा के गर्ने भन्ने बारे जानकारी गराउने बताए । उनले आज राजीनामा दिएर सरकारबाट वाहिरीएको बताएका छन् ।
मगर गत असोज २७ गते मन्त्री नियुक्त भएका थिए उननि विना विभागिय मन्त्री थिए ।