नाबालिगलाई बलात्कार गरेको आरोपमा  झापाबाट एकजना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा  मेचिनगर नगरपालिका–१५ स्थित भिन्डी बस्ने २१ वर्षीय सुकलाल हास्दा रहेका छन् । 

दिउँसो घरमै गएर युवकले बालिकालाई ललाई फकाई बलात्कार गरेको आरोप छ । बालात्कार गरेको सुराक पाएपछि प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।