उदयपुरको चौदण्डिगढी नगरपालिका-९ बाट लागुऔषध ब्राउनसुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले बुधबार दिउसो ईनरुवा नगरपालिका-६ सुनसरीका ४५ बर्षीय सलिम मिया र भारत सुपौलका ४८ बर्षीय प्रमोद गुप्तालाई पक्राउ गरेको हो ।
को २८ प ४९६८ नम्बरको मोटरसाईकलमा सवार रहेका उनीहरुलाई चौदण्डीगढी नगरपालिका-६ भिमा भन्ने स्थानमा चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट ८१ ग्राम ५५० मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो।
घटना बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।