टी–२० विश्वकप छनोट खेलमा ओमानसँग ५ रनले पराजित भएपछि नेपाल समूह उपविजेता बनेको छ । नेपालले सेमिफाइनल युएईसँग खेल्ने छ ।

कीर्तिपरस्थित टीयु मैदानमा ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा सबै विकेट गुमाएर १४० रन मात्र बनाउन सक्यो । रोमाञ्चक खेलमा नेपाललाई जितका लागि अन्तिम ओभरमा २६ रन आवश्यक थियो । विवेक यादवले सुरुवाती तीन बलमा लगातार छक्का हानेर जितको आशा कायम राखेका थिए । तर विवेक चौथो बल र करण केसी अन्तिम बलमा आउट भए । ओमानका कप्तान जिसन मक्सदले ३२, नसिम खुसीले २५, प्रतीक अथावालेले २४ रन र सकिल अहमेदले २२ रन जोडे । अरु ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।

नेपालका करण केसीले ३ विकेट लिएका थिए भने सोमपाल कामी र सन्दीप लामिछानेले २/२ विकेट हात पारेका थिए । गुल्शन झा र अविनाश बोहोराको नाममा एकरएक विकेट रह्यो ।