बेलबारी । बेलबारी उद्योग बाणिज्य संघको शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न भएको छ। बेलबारी वडा १ मा अवस्थित संघकै सभा हलमा नेपालीहरुको चार्डपर्ब लक्षित शुभकामना कार्यक्रम गरेको हो। संघका अध्यक्ष भेष कुमार श्रेष्ठ(असोक)को अध्यक्षता तथा मोरंग क्षेत्र नं. ३ क का माननीय मान बहादुर लिम्बुको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो। बेलबारीका विभिन्न संघसंस्थाहरुसँग भाइचाराको सम्बन्ध बनाउने , सकारात्मक सोचको बिकास गर्ने, हालको अवस्थामा बजारमा देखिएको आर्थिक मन्दिलाई कसरी समाधान गर्ने भन्ने बिषयमा वक्ताहरुले उल्लेख गरेका थिए ।
नयाँ समिति बनिसकेपछी बेलबारी नगरपालिका अन्तर्गत आर्थिक बिकास समिति आ.व ०८०÷०८१ को बार्षिक बजेट तथा कार्यक्रम अन्तर्गत केही शिर्षकहरुमा प्रस्तावनाको एक चौथाई रु पाँच लाख बिनियोजन भएको ,गुणस्तर तथा नापतौल विभागसँगको सहकार्यमा तिनदिने शिविर संचालन गरेको, बेलबारी उद्योग वाणिज्य संघका बस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधिहरुसंग व्यवसाय व्यवस्थापन सम्बन्धि अन्र्तक्रिया कार्यक्रम र संस्थाको आयोजना र बिराटनगर रेडक्रसको सहकार्यमा बृहत खुल्ला रक्तदान संचालन गरी ७५ प्रिन्ट रगत संकलन गरेको संघका बरिष्ठ उपाध्यक्ष संदिप राईले स्वागत मन्तवय दिँदै उल्लेख गरका थिऐ ।
कोरोनापछि उद्योगधन्दा धरासाही भएको , बैँकको ब्याजदरले व्यापारीहरु व्यापार बन्द गरी बिदेश पलायन हुने अवस्था आएको उद्योग बाणिज्य संघ तथा स्थानिय सरकारले उद्योगी व्यवसायीहरुलाई कसरी टिकाउनेतर्फ ध्यान दिन जरुरी रहेको संस्थाका निवर्तमान अध्यक्ष तथा बेलबारी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष योगेन्द्र प्रसाद सुवेदीले बताएका थिए ।
यो राष्ट्र निर्माणमा व्यवसायीको पनि ठुलो हात रहेको र तपाईहरुको योगदानलाई स्थानिय तथा संघिय सरकारले बिर्सन नहुने, बजेट भाषणमा ठुलाठुला कुरा गरेपनि राज्यले व्यापारीहरुको हकहितकालागी काम नगरेको, व्यापारिहरुले आफ्नो हकहितका लागी आवाज उठाउनुपर्ने र समस्याको समाधानकालागी दबाब सिर्जना गर्नुपर्ने, बेलबारीलाई सुन्दर र व्यवसायिक बनाउन आफुलेपनि पहल गर्नुपर्ने लगायतका कुराहरु कार्यक्रमका प्रमुख अतिथि मोरङ क्षेत्र नं. ३ का माननिय मान बहादुर लिम्बुले आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा विशिष्ट अतिथि बेलबारी नगरपालिकाकी उप—प्रमुख नितु थापा कोइराला, बेलबारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुइँटेल, संघका पुर्व उपाध्यक्ष माधवराज थापा, मोरङ व्यापार संघका सात शाखाका संयोजक भरत भट्राई, संघका सल्लाहकार तथा किरात राई यायोख्खा केन्द्रिय उपाध्यक्ष तिलक राई, नेपालि काँग्रेस महा समिति सदस्य नगेन्द्र जमरकटेललगायतले आ—आफ्ना शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा १२२ जना आजिवन सदस्यहरुमध्ये २२ जना सदस्यहरुलाई प्रमाणपत्र वितरणसमेत गरिएको थियो ।
कार्यक्रम समापन गर्दै संघका अध्यक्ष भेष कुमार श्रेष्ठ –अशोक)ले अगामी दिनमा पनि शुभकामना आदान प्रदान, सल्लाह सुझाव लिने कार्यक्रम संचालन भईराख्ने र व्यापारिहरुको हकहितका लागी काम गर्ने बताएका थिए।
कार्यक्रममा राजनितिक दलका प्रतिनिधिहरु , संघसंस्थाका प्रतिनिधिहरु तथा बेलबारी नगरपालिकाका ११ वटै वडाका वडाध्यक्ष तथा सदस्यहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रम संचालन संघका महा सचिव बिबेक मिश्रले गरेका थिए ।