मोरङको विराटनगर-६ स्थितबाट स्रोत नखुलेको रकम सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व बिशेष सुरक्षा योजना अनुसार प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुहबाट परिचालन भएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा हिजो बिहान ११ बजे विराटनगर-६ शनि मन्दिर स्थितबाट १६ वर्षीय नावालकले पछाडि भिर्ने कालो झोलामा अवैधरुपमा बोकी ल्याउँदै गरेको अवस्थामा स्रोत नखुलेको नेपाली रुपैया नगद २१ लाख ८७ हजार सहित पक्राउ गरेको हो ।
स्रोत नखुलेको रकम नेपाली रुपैया १००० दरको १६८७ थान र ५०० दरको १००० थान सहित पक्राउ परेका उनको साथबाट प्रहरीले बलराम केसरीको नाममा रहेको कुमारी बैंक लिमिटेडको चेकबुक थान-१, रन्जित कुमार साहको नाममा रहेको NIC ASIA Bank को चेकमा उमेश कुमार भगतको नाममा ८६ हजार ८ काटिएको चेक थान-१, ग्लोबल आईएमई बैक लिमिटेडमा विभिन्न मितिमा १६ लाख ६९ हजार ५ सय रुपैया जम्मा गरेको रसिद ४ थान र उनले प्रयोग गरेको प्रदेश १-०२-०४३ प ६२४१ नम्बरको पल्सर मोटरसाईकल समेत बरामद गरेको हो ।
स्रोत नखुलेको रकम सहित पक्राउ परेका उनको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।