कोशी प्रदेशका मुख्यमन्त्री केदार  कार्कीले कोशी प्रदेश सरकारले चाडै नै कृषिलाई प्राथमिकतामा राखेर प्रतिस्थापन विधेयक ल्याउने जानकारी दिए । 

  विराटनगरमा आयोजना गरिएको राष्ट्रिय कृषि गणना २०७८ को प्रदेश स्तरीय नतिजा र्सार्वजनिक कार्यक्रममा बोल्दै मुख्यमन्त्री  कार्कीले  आयात प्रतिस्थापन गर्न सकिने गरी उत्पादन वृद्धि गर्न सकिए कृषि क्षेत्रबाट धेरै फाईदा लिन सकिने बताए । उनेल राष्ट्रिय कृषि गणनाबाट निस्किएको तथ्यांकबाट सन्तुष्ट हुने अवस्था रहेको बताउदै कृषि क्षेत्रको विकासबाट उत्पादन र उत्पादकत्व बढाउन सकिने आशा व्यक्त गरेका छन् । 

 मुख्यमन्त्री कार्कीले कृषि पेशामा गरिएको प्रविधिबाट जैविक विधिहरु हराउदै गएकाले यसलाई संरक्षण गर्न कृषकहरुलाई सहयोग गरिने जानकारी दिनुभयो

२०७९ बैशाख ६ गते देखि जेठ १९ गते सम्म सातौं राष्ट्रिय कृषि गणना गरिएको थियो । करिब ३ लाख ३० हजार कृषक परिवारहरु संग वैज्ञानिक पद्धतिबाट गरिएको र्सर्वेक्षणमा कृषि परिवार बढीरहेको भएपनि खेतीयोग्य जग्गा भने घटेको पाइएको सो कार्यक्रममा जानकारी दिइएको थियो । 

1 (1) 2