मोरङ, झापा र तेह्रथुमबाट आइतबार प्रहरीले ३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । फैसला कार्यान्वयन अन्र्तगत जिल्ला प्रहरी कार्यालय सुनसरीबाट

खटिएको प्रहरी टोलीले सम्मानित सर्वोच्च अदालतको मिति २०८०।१।०५ गतेको फैसला आदेशले ज्यान मार्ने उद्योग मुद्दामा ५ बर्ष कैद तोकिएका दुहवी नगरपालिका १२ पूर्वकुशाहाका सत्यनारायण यादवलाई पक्राउ गरेको हो । यसैगरी सम्मानित जिल्ला अदालत तेह्रथुमको मिति २०७८।०५।१५ गतेको

फैसला आदेशले जबरजस्ती करणी मुद्दामा फरार प्रतीबादी तेह्रथुमको फेदाप गाउँपालिका २ का ४८ बर्षिय सुबास चन्द्र लिम्बुलाई पक्राउ गरेको हो । यसका

साथै ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले लागु औषध मुद्दामा जिल्ला अदालत झापाको सजाय निर्धारण फैसला आदेशले ४ दिन कैद र २००० जरिवाना तोकिएका झापाको गौरादह नगरपालिका ५ बस्ने का २२ बर्य दिनेश अधिकारीलाई आइतबार पक्राउ गरेको हो । पक्राउ परेका तिनै जनालाई सम्बन्धीत जिल्ला अदालतमा उपस्थित गराईएकोमा तोकिएको सजाय भुक्तानको लागी जिल्ला कारागार पठाएको छ ।