बेलबारी उद्योग वाणिज्य संघले कात्तिक १५ गते बुधबार बेलबारी १ स्थीत उद्योग वाणिज्य संघको सभाहलमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने भएको छ । 

उक्त कार्यक्रममा प्रमुख अतिथिमा कोशी प्रदेश सांसद माननीय मान ब. लिम्बु, विशिष्ट अतिथिहरुमा बेलबारी नगरपालिकाकी नगर उप प्रमुख नितु थापा कोइराला, कोशी प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष राजेन्द्र राउत, बेलबारी नगरपालिकाका प्रमुख  प्रशासकिय अधिकृत तारानाथ लुँइटेल र अतिथिहरुमा बेलबारी नगरपालिकाका ११ वटै वडाका वडाध्यक्षहरु र राजनितिक दलका प्रमुखहरु रहनेछन् । 

बेलबारीका विभिन्न संघसंस्थाहरुसँग भाइचाराको सम्बन्ध बनाउने , सकारात्मक सोचको बिकास गर्ने, हालको अवस्थामा बजारमा देखिएको आर्थिक मन्दिलाई कसरी सामना गर्ने भन्ने कुराको अन्तक्रिया कार्यक्रम गर्ने उदेश्यले सो कार्यक्रम गरिएको बेलबारी उद्योग बाणिज्य संघका सचिव टिकाराज श्रेष्ठ (रुपेश) ले जानकारी दिए । 

शुभकामना आदानप्रदान कार्यक्रम सकिएलगत्तै बेलबारीका ११ वटै वडाका व्यवसायीहरुसँग १ हप्ते घरदैलो अभियान संचालन गर्ने र ११ वटै वडाका व्यवसायीहरुलाई शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन समेत अनुरोध गरिएको श्रेष्ठले बताए ।