झापाको दमक नगरपालिका ५ सुकुम्बासी टोल स्थितबाट लागुऔषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सोही स्थानका २४ बर्षीय समिर गजमेर, २४ बर्षीय रोशन माझी, सोही स्थान ६ का २९ बर्षीय रोशन बुढाथोकी र ईलाम चुलाचुली गाउँपालिका ४ का २३ बर्षीय सागर लिम्बु रहेका छन् ।

हिजो दिउसो साढे २ बजे समिर गजमेरको घरमा ब्राउन सुगरको कारोबार गरिरहेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई ब्राउन सुगर ३ ग्राम सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरुलाई इलाका प्रहरी कार्यालय दमक झापाबाट थप अनुसन्धान भईरहेको छ ।