बेलबारी साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले पाँचौ साधारण सभाबाट निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न गरेको छ । बेलबारीमा एक कार्यक्रमको आयोजना गरी संस्थाले पाँचौ साधारण सभाबाट निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण तथा प्रमाण पत्र वितरण गरेको हो । पाँचौ साधारण सभाबाट निर्वाचित पदाधिकारीहरुलाइ निर्वाचन अधिकृत विवेकचन्द्र कार्कीले सपथ ग्रहण तथा प्रमाण पत्र वितरण गरेका थिए ।
पाँचौ साधारण सभाबाट अध्यक्षमा किशोर कुमार कार्की, उपाध्यक्षमा प्रगती मोक्तन,सचिवमा मनकुमार गुरुङ,कोषाध्यक्षमा रिक्त बहादुर गुरुङ,सदस्यहरुमा क्रमश चन्द्रजंग बस्नेत,पुस्कल सुबेदी, राजेश शाह ,बिष्णु दाहाल र जानुका विस्वकर्मा ,लेखा समिति संयोजकमा दिपेन्द्र लामिछाने लेखा सदस्य खुल्ला सदस्यमा सावित्री कुमारी धिमाल र लेखा समिति महिला सदस्यमा कोपिला तामाङ निर्वाचित भएका थिए । नव निर्वाचित समितिलाइ आज सोमबार एक कार्यक्रमको आयोजना गरी सपथ ग्रहण तथा प्रमाण पत्र वितरण गरिएको थियो ।
विवेक चन्द्र कार्कीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कोशी प्रदेशका माननिय ज्ञानेन्द्र सुवेदी प्रमुख अतिथीका रुपमा रहेका थिए । त्यसैगरी कार्यक्रममा बेलबारी ४ का वडाध्यक्ष चन्द्र लिम्बु, तथा नेपाली कांग्रेश नगर सभापती छत्र लिम्बु,, जसपाका नगर अध्यक्ष तिलक राई लगायतको उपस्थिती रहेको थियो ।