राप्रपा नेपालका अध्यक्ष एवम पूर्व उपप्रधानमन्त्री कमल थापाले सनातन धर्म प्रतिको जनताको आस्थालाई भड्काउने कार्य प्रति सबै पक्षहरु संवेदनशिल हुनुपर्ने बताउदै समाजमा द्वन्द्व भड्काउन सक्ने स्थिति प्रति सबै पक्षहरु सचेत बन्नुपर्ने बताए ।
सोमबार विराटनगरमा संचारकर्र्मीहरु संग कुरा गर्दै अध्यक्ष थापाले सामाजिक, धार्मिक र जातिय सद्भाव कायम गराउन संविधान र कानुनको पूर्ण पालना गराउन सरकार प्रतिबद्ध हुनुपर्ने धारणा व्यक्त गरे ।
उनले धर्म परिवर्तन गराउने र गौ हत्या जस्ता संविधान र कानुनले निषेध गरेको कार्य भईरहेको प्रति सरकार संवेदनशिल हुन नसक्दा धार्मिक, जातिय र सामाजिक सद्भाव ब्र्रिदै गएको बताए ।
अध्यक्ष थापाले प्रधानमन्त्रीले जातीय राज्य बनाउने अभिव्यक्ति दिनु गलत भएको टिप्पणी समेत गरे । उनले नेपालले आफ्नो भुभाग भनेको र भारतले समेत विवादित क्षेत्र भनेर तोकेको कालापानी क्षेत्रमा भारतिय प्रधानमन्त्रीको भ्रमण बारे सरकारले कुटनीतिक नोट पठाउनुपर्ने बताए । उनले विचार मिल्ने राजनीतिक दलसंग एकता गरेर जान सक्ने धारणा राखेका छन् ।