२० वर्षीया एक किशोरीलाई सामूहिक बलात्कार आरोपमा मोरङ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको मिथिला बिहारी नगरपालिका-११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुली घर भएका १६ वर्षीय बालक रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार तामाङ प्रदेश २-०४-००१ ख ००२१ नम्बरको ट्रकका चालक हुन् । १६ वर्षीय बालक अर्को ट्रकमा काम गर्ने सहचालक हुन् ।
विराटनगर महानगरपालिका-३ मा असोज २८ गते राती सामूहित बलात्कार गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

घटनास्थलमा मानिस भेला हुन थालेपछि तीनैजना दौडिएर ट्रकभित्र छिरेका थिए । लगत्तै परिचालित प्रहरी टोलीले घटनामा संलग्नलाई पक्राउ गरेको उनले बताए ।