बेलबारी बहुउद्देश्य सहकारी सँस्था लिमिटेडको २२ औँ साधारणसभा आज सम्पन्न भएको छ । साधारणसभा बेलबारी ३ स्थीत बेलबारी बहुउद्देश्य सहकारी सँस्थाकोे आफ्नै भवनमा सम्पन्न भएको हो ।
कार्यक्रममा संस्थाको आय, व्यय तथा लक्ष्य तथा अन्य विभिन्न बारेमा जानकारी दिइएको थियो । आजको साधारणसभाबाट प्लस टुमा उत्कृष्ट नतिजा ल्याई उत्तिर्ण हुने यसै सहकारीका शेयर सदस्यका ४ जना छोराछोरीहरुलाई सम्मानसमेत गरेको छ भने बेलबारी बहुउद्देश्य सहकारी सँस्थाका ७० वर्ष नाघेका जेयष्ठ सेयर सदस्यहरुलाईसमेत सम्मान गरेको छ । संस्थाको साधारणसभाबाट नयाँ कमिटी गठनको काम पनि सम्पन्न भएको छ । अध्यक्षमा पुन प्रताप कुमार थापा नै चयन हुनुभएको छ ।
बेलबारी बहुउद्देश्य सहकारी सँस्था लिमिटेडका अध्यक्ष प्रताप कुमार थापाको अध्यक्षतामा सम्पन्न भएको आजको साधारणसभामा प्रमुख अतिथि प्रदेश सभा सदस्य, कोशी प्रदेश, मोरङ क्षेत्र नं.३ ख माननीय ज्ञानेन्द्र सुवेदी हुनुहुन्थ्यो । यस्तै विशिष्ट अतिथिमा बेलबारी वडा नं. ३ का वडाध्यक्ष योगेन्द्र सुवेदी, अतिथिमा महेन्द्र सुवेदीलगायत हुनुहुन्थ्यो ।
आजको कार्यक्रममा बोल्दै बेलबारी बहुउद्देश्य सहकारी सँस्था लिमिटेडका अध्यक्ष प्रताप कुमार थापाले बेलबारी सहकारीले नियमअनुसार नै चलिरहेको तथा नाफामुलक कृषि परियोजनापनि संचालन गर्ने र विभिन्न सहकारीहरु पैसा उठाएर भागिरहेको अहिलेको अवस्थामा बेलबारी बासिहरुलाई ब्याजको लोभमा नबुुझी त्यस्ता सहकारीहरुमा पैसा नराख्नपनि आग्रह गर्नुभएको छ ।