कोशी प्रदेश सरकार निर्माणका क्रममा देखिएको घटनाक्रमप्रति आफू पनि कारक रहेको भन्दै कोशी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता उद्दव थापाले पदबाट राजीनामा दिएका छन । 

शनिवार विराटनगरस्थित काङ्ग्रेस प्रदेश कार्यालयमा आज दिउँसो पत्रकार सम्मेलन गर्दै उनले राजीनामा घोषणा गरेका हुन ।

उनले आफुले पाएको अवसरलाई गुमाए अदालतले मुख्यमन्त्रीबाट हटायो त्यतिबेलै मैले राजीनामा दिनुपथ्र्यो तर पछिल्लो समय कोशी प्रदेश सरकार निर्माण प्रक्रियामा भएका विकसित घट्नाक्रमले गर्दा नैतिक रूपमा संसदीय दलको नेताको रुपमा बसिरहन उपयुक्त नभएको भन्दै राजीनामा दिएको बताए । उनले आजको मितिदेखि लागू हुने गरी नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको नेताको पदबाट राजीनामा दिइएको जानकारी गराउँदै दलको नीति, सिदान्त र आदर्श प्रति प्रतिवद्ध रहँदै आगामी दिनमा क्रियाशील रहने बताए ।

राजीनामा दिदै थापाले नवनियुक्त मुख्यमन्त्री केदार कार्कीलाई बधाई ज्ञापन समेत गरेका छन् । 

rajinama po