कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका सांसद केदार कार्र्की नियुक्त भएका छन । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका ३९ र काँग्रेसका ८ सांसदको हस्ताक्षर सनाखत गरेपछि मुख्यमन्त्रीमा नियुक्त गरेका हुन ।

मुख्यमन्त्रीका लागि गठबन्धनको तर्फबाट माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि बहुमत पुगेको हस्ताक्षर लगेर दाबी पेश गरेका थिए । उनले अन्तिम समयमा हस्ताक्षर नपुग्ने भएपछि आफ्नो दाबी कमजोर रहेको र शीर्ष नेताबीच छलफल जारी रहेको भन्दै सनाखत गराउन गएनन् ।

संविधानको धारा १६८ को उपधारा ९५० अनुसार कार्र्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन । यसअघि असोज २० गते मुख्यमन्त्री हिक्मतकुमार कार्र्कीले विश्वासको मत नपुग्ने भएपछि राजीनामा दिएका थिए । प्रदेशसभामा रहेका ९३ सांसदमध्ये बहुमतका लागि ४७ सांसदको समर्थन चाहिन्छ । कार्र्कीले काँग्रेसका ८ सांसद लिएर एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन । नवनियुक्त मुख्यमन्त्रीको शपथग्रहण आइतबार १ बजे हुने भएको छ ।