कोशी प्रदेशमा आज मुख्यमन्त्रीको टुंगो लाग्दैछ।मुख्यमन्त्रीका लागि कांग्रेसबाट केदार कार्की र माओवादी केन्द्रबाट इन्द्रबहादुर आङ्बोले बहुमत सांसदहको हस्ताक्षरसहित दाबी पेस गरेका छन्।

आङ्बोले गठबन्धन दलका सांसदहरूको हस्ताक्षर बुझाएका छन् भने कार्कीले कांग्रेसको शेखर कोइराला पक्ष र एमालेका गरी बहुमत सांसदहरूको हस्ताक्षर बुझाएका छन्।

प्रदेश प्रमुखको कार्यालयले  शुक्रबार बेलुका विज्ञप्ति जारी गरेर मुख्यमन्त्री नियुक्तिको प्रक्रिया शनिबार बिहान ८ बजेदेखि सुरू गर्ने जानकारी गराएको थियो।सनाखतका लागि आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सांसहरूलाई प्रदेश प्रमुखको कार्यालयको सभाहलमा उपस्थित भई सनाखत गर्नका लागि समय निर्धारण गरिएको प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी रामकुमार श्रेष्ठले जानकारी दिए।

आज बन्ने सरकारले एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न असफल भए कोशी मध्यावधिमा जानेछ।