विराटनगर, २६ असोज । 

 काशी प्रदेशको मुख्यमन्त्रीमा दुई जनाको दावी भएपछि  प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश सांसदहरुको शनिवार विहान ८ बजेदेखी २ बजे सम्म सनाखत गर्ने भएको छ । 

 कोशी प्रदेशमा मुख्यमन्त्रीका लागि एमालेको र्समर्थनमा नेपाली कांग्रेसका केदार कार्की र चार दलिय गठबन्धनका तर्फाट इन्द्र आङ्बोले दाबी पेश गरेपछि विवाद आएको हो ।  मुख्यमन्त्रीको दाबा पेश गरेका नेपाली कांग्रेसका सांसद केदार कार्की सहित कांग्रेसका ८ र नेकपा एमालेका ३९ गरी ४७ जना सांसदहरुले प्रदेश प्रमुखको कार्यालयमा सशरीर उपस्थित भएर मुख्यमन्त्रीमा नियुक्तिका लागि आग्रह गरेपछि प्रदेश सांसदहरुको सनाखत गरिने भएको हो ।

 शनिवार बिहान ८ बजे देखि २ बजे सम्ममा प्रदेश सांसदहरुको सनाखत गर्ने सहमति भएको नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारी र नेपाली कांग्रेसका प्रदेश सांसद शमसेर र्राईले जानकारी दिए । 

 प्रदेश प्रमुख परशुराम खापुङले असोज २० गते संविधानको धारा १६८ को उपधारा ५ अनुसार बहुमत सांसदहरु सहित दाबी पेश गर्न असोज २६ गते बेलुका ५ बजे सम्मको समय तोक्नु भएको थियो । तोकिएको समयमा पनि मुख्यमन्त्री नियुक्ति नगरेपछि प्रदेश सांसदहरुले प्रदेश प्रमुखको कार्यालयमा सशरीर धर्ना दिएका हुन् । केन्द्रस्तरको राजनीतिक दवावका कारण प्रदेश प्रमुखले आज मुख्यमन्त्री नियुक्ती नगरेको बताइएको छ ।