डाँगीहाट फुटबल क्लबको आयोजनामा यहि असोज २८ गतेदेखि कार्तिक ४ गतेसम्म सञ्चालन हुने बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप २०८०  को तयारी अन्तिम चरणमा पुगेको छ। बेलबारी नगरपालिका वडा नम्बर ११ लक्ष्मीमार्गमा बिगत बर्षहरुमा झै यस बर्ष पनि सञ्चालन  हुने  गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको आज एक पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले जानकारी गराएका छन् । 

यस गोल्डकप बेलबारी  नगरपालिकाको गौरवको रुपमा सञ्चालन गर्न लागिएको हो।  जिल्लामै सर्बाधिक पुरस्कार राशि भएको यो प्रतियोगिता सञ्चालनका को तयारी यतिबेला अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् । 

प्रतियोगितामा  खेलाडीहरुका लागी खान बस्नको व्यवस्था पनि आयोजकले नै गर्ने भएको छ ।  बिगतमा १० वटा टिम सहभागी भएकोमा यो बर्ष ८ वटा टिम मात्रै सहभागी हुने भएका छन् ।  बिगतमाजस्तै यो वर्षपनि गोल्डकप उत्कृष्ट हुने आयोजकले जनाएका छन् । 

प्रतियोगिता सञ्चालनका लागि बेलबारी नगरपालिका मुख्य सहयोगी, आरजु राईस मिल संघसंसस्था, सामुदायिक बन, बिद्यालयहरु र देश तथा बिदेशमा रहेका यस क्षेत्रका दाताहरु रहेकाछन । 


प्रतियोगितामा ६४ लाख खर्च र ६९ लाख आम्दानी गर्ने लक्ष्मय रहेको आर्थिक संयोजक राई बताउँछन । प्रतियोगितामा नेपाल र भारतका गरि ८ टिमको सहभागिता रहने छ । प्रतियोगिता बिजेताले ८ लाख उपबिजेताले ५ लाख नगद सहित ट्रफी र प्रमाणपत्र पाउनेछन । -तस्विरहरु रोशन श्रेष्ठ