मोरङ र उदयपुरको छुट्टाछुटै स्थानबाट नियन्त्रित औषधी सहित तिन जनालाई प्रहरी पक्राउ गरेको छ । हिजो साझ ६ बजे त्रियुगा नगरपालिका- ११ स्थित रहेको काल्स फार्मेसीमा नियन्त्रित औषधीहरु बिक्रिवितरण भईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा उक्त फार्मेसीबाट नियन्त्रित औषधी स्पासपेन १ हजार ९ सय ६० र वेगावेलेन - ८० ट्यावलेट फेला पारी संचालक स्थानीय ३६ बर्षीया सरिता चौधरीलाई पक्राउ गरेको हो ।
यसैगरी मोरङको बिराटनगर महानगरपालिका-१६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा भारतबाट नेपालतर्फ आउदै गरेको को. २९ प. २२७२ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा नियन्त्रित औषधी NITROVET ३ सय चक्की फेला पारी चालक बिराटनगर- ४ का ३० बर्षीय अरुण कुमार मण्डल धानुक र पछाडी सवार बिराटनगर- १२ का ४४ बर्षीय मनोज कामतलाई पक्राउ गरेको हो । मोटरसाईकल र नियन्त्रित औषधी सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।