बेलबारी नगरपालिकाका कर्मचारीहरुले पेन डाउन गरेका कारण नगरपालिकाले प्रदान गर्ने सम्पूर्ण सेवाहरु ठप्प भएको छ ।
संघीय निजामति सेवा विधेयक २०८० मा स्थानीय तहका कर्मचारीहरुलाई विभेद गरिएको भन्दै स्थानीय निकायका कर्मचारीहरुले राजधानी केन्द्रित आन्दोलन गरिरहेको बेला विभिन्न नगरपालिकामा समेत कर्मचारीहरुले पेन डाउन गरी विरोध प्रदर्शन शुरु गरेका छन् ।
कर्मचारीहरुले बेलबारी नगरपालिकाको कार्यालयमा विरोध प्रदर्शन गर्दै नाराबाजी समेत गरेका छन । उनीहरुले समायोजित कर्मचारिहरुको उचित व्यवस्थापन गर, सँधै हामीलाई दबाब भो,एकिकृत ऐनको अभाव भो,करार तथा अस्थाई कर्मचारिहरुको उचित व्यवस्थापन गर, उमेर हद हटाईदेउ तहगत दुरी घटाईदेउ, दुई दुई बर्षको पालिमा स्वचालित खाली खालीमाजस्ता नारा लेखिएका प्लेकाढ बोकेर नारा लगाएका थिए ।
नगरपालिकाका कर्मचारीहरुले अनिश्चित पेन डाउन गरी कामै बन्द गरेर धर्नामा बसेका छन् ।