संघीय निजामती ऐनमा स्थानिय निकायमा कार्यरत कर्मचारीहरुको माग समाबेश गरि ऐन संसदबाट पारित गर्न माग राखि स्थानिय तहका कर्मचारी केन्द्रिय  सङघर्स समितीको घोषित आन्दोलन को कार्यक्रम अन्तर्गत आज बेलबारी नगरपालिकामा कार्यरत कर्मचारिहरुले हातमा कालो पट्टि बाँधेर काम गरेका छन् । उनिहरुले  भोलिदेखि चरणबद् आन्दोलनपनि गर्ने भएका छन् ।

उनिहरुले  महेन्द्र खड्का (आधिकृत छैठौ) को संयोजकत्वमा सङघर्स समिती निर्माण गरी भोलि को कार्यक्रम अनुसार  १० बजेदेखी १२ बजेसम्म पेन डाउन गर्ने भएकाछन् भने २३ गते १० बजेदेखी २ बजे सम्म पेन डाउन र २४ गते देखि अनिश्चित पेन डाउन गर्ने प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ।