कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिाएका छन्।
आज विश्वासको मत लिनका लागि प्रदेशसभा बैठक बोलाइएको थियो तर विश्वासको मत लिनुअघि नै कार्कीले आफ्नो पदबाट राजीनामा दिएका हुन् । संविधानको धारा १६८ को उपधारा ३ अनुसार नियुक्त भएका मुख्यमन्त्री कार्कीले उपधारा ५ अनुसार नेतृत्वमा दाबी गर्न नपाउने कानुन व्यावसायीले सुझाव दिएपछि विश्वासको मत परीक्षण नगरि राजिनामा दिएका हुन् ।